नेपालको चर्चित रक ब्यान्ड नेपथ्यले पचासै वर्षमा बोलको नयाँ गीत बजारमा ल्याएको छ। नेपथ्यको आधिकारिक युट्युव च्यानलमार्फत शुक्रबार गीतको भिडियो सार्वजनिक गरिएको छ।

नेपथ्यका मुख्य गायक अमृत गुरुङलाई झण्डै ६ वर्षअघि यो गीतको आइडिया फुरेको हो।

‘म पचास वर्षको हुँदा अनिल अधिकारी भाईले एउटा गीत सुनाए। उनले सुनाएका गीतका दुई हरफले निकै मन परेको थियो। तिनै हरफमा टुक्का मिलाउँदै र परिमार्जित गरेर गीत तयार पारिएको हो’ उनले भने।

सार्वजनिक गीतले पचास वर्षको अवधीमा प्रविधीको प्रयोगले समाजमा आएको परिवर्तन र त्यसको मानिसमा पारेको प्रभावलाई समेटेको छ। साथै यो जमनामा इमानको मान्छे भेटिन गाह्रो भएको भन्दै उनले कटाक्ष समेत हानेका छन्।

नेपालयकै कालिकास्थानस्थित स्टुडियोमा रेकर्ड गरिएको गीतमा अमृतकै शब्द, स्वर र एरेन्ज रहेको छ। नवीन जोशीले तयार पारेको भिडियोमा अमृत नै फिचर्ड छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार