काठमाडौं । गायक विशम आचार्य र गायिका एलिना थपलियाको स्वर रहेको ‘यो मनको कुनामा’ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
केहि दिन अघि कलाकार विराज बाँस्कोटाको अफिसियल युट्युब च्यानलमार्फत रिलिज भएको उक्त गीतको शब्द सानु थपलिया र संगीत लेखु सहयात्रीको रहेको छ भने गायक आचार्य आफैंले एरेन्ज गरेका छन् ।

भिडियमेको निर्देशक निर्मल कुमार लामा (बीजी)ले गरेका छन् भने पवन सुस्लिङको सिनेम्याटोग्राफी तथा सम्पादन रहेको छ ।

भिडियोमा बिराज बाँस्कोटा, स्मारिका ढकाल, दिनेश सुवेदी र एलिना थपलियाको रोमान्चक अभिनय देख्न सकिन्छ ।गीतले प्रेमील जोडीबीचको आत्मीयता देखाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार