सनिउल्ला धोबी, कपिलवस्तु कार्तिक ५

vaisi

कपिलवस्तुको कृष्णनगर नगरपालिकाको दयानगरमा पशु चौपया चोरी भएका छन । दयानगरका बच्चु यादवले पालेको ४ ठुला भैसी र ५ पाडापाडी गरी ९ वटा पशु चोरी भएको पिडित यादवले बताउनु भयो । गोठमा बाधेको अवास्थामा गएराती करीब २ बजेको समयमा पशु चोरी भएको बताइएको छ । करिब ५ लाख बराबारको पशु चोरी भएको र खोजी कार्य जारी राखेको बहादुरगञ्ज इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ । गत बर्ष यसै सयममा कृष्णनगर नगरपालिकाबाट करिब दुई दर्जन पशु चोरी भएको स्थानिय निरहु यादवले जानकारी दिनुभयो । चोरी भएका ठुलो भैसीको सिग भाचेको हुनाले कहि कतै कसैले देखेको भए खबर गर्न अनुरोध गरिएको छ । त्यस्तै गएराती कपिलवस्तुको विजयनगर गाउँपालिका २ बद्धौरबाट एक भारतीय नं को मोटरसाइकल चोरी भएको छ । भारतबाट नौटंकी हेर्न नेपाल आएका इस्तीखर शाहको युपी. ७८.२९९८ नम्बर भएको आपची मोटरसाइकल राती नै चोरी भएको छ । पछिल्लो समय कपिलवस्तुमा चोरीको घटना बढदै गएको छ ।

About Author