काठमाडौं, भदौ १८ – उपप्रधानमन्त्री कृष्णबहादुर महराले नेपाल–भारतबिच रहिआएको जनस्तरको ऐतिहासिक सम्बन्ध राजनीतिक र राज्यस्तमा प्रतिविम्बन हुनुपर्ने बताउनुभएको छ ।

नेपाल–भारत महिलामैत्री समाजले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा परराष्ट्रमन्त्री महराले नेपाल–भारतका नागरिकबिच विद्यमान सम्बन्ध अत्यन्त महत्वपूर्ण भएको बताउँदै भन्नुभयो, “सरकार र सरकारबिचको सम्बन्ध बेलाबखत खटपट हुनसक्छ तर जनस्तरको सम्बन्ध सधैंँ महत्वपूर्ण हुन्छ, मैत्री समाजले जनस्तरको सम्बन्धलाई सधैंँ प्रवर्द्धन गर्नुपर्छ ।”

नेपाल–भारतबिचको सम्बन्धलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “भारत अङ्ग्रेजको समयमा छैन र नेपाल पनि राजामहाराजाको समयमा छैन, त्यस कारण राजनीति र राज्यस्तरमा पनि जनस्तरको जस्तै सम्बन्ध हुनुपर्छ ।”

दुई छिमेकी देशको सम्बन्धलाई माथि उठाउन भएका क्रियाकलापलाई नागरिकको तहमा पु¥याउन आफूले सधैँ सहयोग गर्ने बताउँदै परराष्ट्रमन्त्री महराले शिक्षा, स्वास्थ्य र विकास निर्माणमा नेपाललाई भारतले पु¥याउँदै आएको सहयोगको सराहना गर्नुभयो ।

रासस

news kept for demo content

About Author