काठमान्डौ
नेपाली क्रिकेटका हस्ती सन्दिप लामिछानेले केही दिन अगाडि आफ्नो फेसबुक स्टाटस मा आफू निर्दोष रहेको र आफू माथि षड्यन्त्र गर्नेहरूलाई भगवानले रक्षा गरुन भनेर एक स्टाटस लेखेका थिए त्यस लगत्तै केही युवा हरु उनको पक्षमा दिन प्रतिदिन जस्तै नारा जुलुस गरिरहेका थिए र यसले राष्टिय राजनीतिमा पनि छोएको थियो र हिजो गौशला २६ र लामिछाने आमनेसामने हुँदै बहस भयको थियो तर आज यसको फैसला आएको छ ।
उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछानेलाई निर्दोष ठहर गरेको छ ।
न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउँदै सन्दिपलाई निर्दोष ठहर गरेको उच्च अदालतका प्रवक्ता विमल पराजुलीले जानकारी दिए ।