काठमाडौँ । तेश्रो जम्बुलिङ ईन्टरनेशनल अवार्डको ग्राण्ड फाईनल उद्घाटन कार्यक्रम थाईल्याण्डको पतैयामा सम्पन्न भएको छ । समाजसेवी तथा कलाकर्मी अशामान वाईबा तामाङको प्रमुख अथित्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपालबाट दुई दर्जनको हराहरीमा कलाकारहरुले उपस्थिति जनाएको थियो ।

प्रमुख अतिथि आशमान वाईबा तामाङलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै चार विधामा अवार्ड वितरण गरिएको थियो । कार्यक्रमको ग्राण्ड फाईनल भने २०८१ को ज्येष्ठ महिनामा हुने कार्यक्रमका सभापति राज किङ वाईबा (सुक ब. तामाङ ) ले बताएका छन् । करिब ३२ विधामा वितरण गर्न लागिएको यस अवार्डमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका कलाकारहरुको महाभिडन्त हुने पक्कापक्की देखिएको छ । तामाङ चलचित्र जगतका महानायक अमिर दोङ र क्लोथिङ इन नेपालका प्रबन्ध निर्देशक हरि बहादुर तामाङको विशेष अतिथि रहेको उक्त कार्यक्रम कलाकार तथा कार्यक्रम सञ्चालिका अनिता नेगी तामाङले उद्घोषिकाको भुमिका निभाएको थियो ।

कला र कलाकारहरु प्रति आफ्नो सिधा व्यांग्यय प्रहार गरिरहने भएपनि भित्रि मन देखि सदैव सम्मान रहेको प्रमुख अतिथि बाईबाले बताएका थिए । जालझेल नगरि विशुद्ध रुपमा कार्यक्रम सम्पन्न गरे सहि कलाकारको मुल्यांकन हुने र मनोबल बढ्ने भएकोले यस्ता कार्यक्रमहरुमा हातेमालो गर्दै अगाडि बढने पतिबद्धता समेत जाहिर गरेका छन् । पहिलो जम्बुलिङ ईन्टरनेशनल अवार्ड २०१९ मा थाईल्याण्ड मा, दोश्रो मलेसिया र तेश्रो नेपालमा सम्पन्न गर्न लागिएको जानकारी गराएकोछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार