माल्टा ,गैर आवासीय नेपाली संघ माल्टाको आयोजना तथा नेपाल एम्बेसि लण्डनको संयोजकत्वमा भएको पासपोर्ट रिन्यूयल तथा अन्य विभिन्न सेवाहरुको पहिलो दिनमा करिब ३५० जनाले सेवा लियको र १४ र १५ तारिकको दिन क्रमशःअझै सेवा लिन सक्ने एनआरएन एनसीसी माल्टाका अध्यक्ष रेमलाल खनाल रेम्श ले बताएका छन् आफू बोल्ने भन्दा पनि काम गर्न आएकोले यहाँ कार्यरत हरेक नेपालीको दुःखसुख मा सँगै हुने पनि खनालले बताएका छन साथै हाम्रो यस कार्यलाई साथ दिनलाई आउनुभएका विभिन्न सँस्था,समाज का व्यक्तित्व तथा सामाजिक व्यक्तित्वहरुलाई हृदय देखि नै धन्यवाद दिँदै आगामि दिनहरुमा पनि हजुरहरुको यस्तै साथ र सहयोगको अपेक्षा राख्दछौ भन्दै माल्टामा कार्यरत नेपालीलाई धन्यबाद व्यक्त गरेका थिए

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार