काठमाडौँ । विश्वकिर्तिमानी संगीतकार लक्षु प्रकाश मल्लको शब्द,संगीत र संगीत संयोजनमा तयार भएको गीत ‘खेतैभरी आलु’ युटुब ट्रेन्डिङमा पर्न सफल भएको छ । भिम चापागाइँ अफिसियल युटुब च्यानलमार्फत बजारमा ल्याइएको उक्त गीत युटुबको ट्रेण्डिङ ३० मा पर्न सफल भएको हो ।
गायक भिम चापागाइँ र गायिका शान्ती श्री परियारको आवाज रहेको गीतलाई एचबीएन किस्मतले मिक्सिङ, मनोज डंगोलले रेकर्डिङ गरेका हुन् । अशोक बिकको निर्देशन, नवराज उप्रेतीको छायांकन र पदम सुवेदीले सम्पादन गरेको भिडियोलाई मिलन विश्वकर्माले कलर गरेका हुन् ।
अर्जुन सापकोटा र उषा उप्रेतिको अभिनय रहेको भिडियोमा ध्रुव पुनको कथा रहेको छ ।