काठमाडौँ । सर्जक तथा लोकदोहोरी गायक,सर्जक मदन कुमार थापा र सुभद्रा भुजेलको स्वर रहेको नयाँ गित ‘सम्झेर काम छैन’ सार्वजानिक भएको छ । सार्वजानिक गीतलाई गायक,सर्जक मदन कुमार थापा र सुभद्रा भुजेलको स्वर, डि.बि खड्काको शब्द तथा मदन कुमार थापाको सङ्गीत,नारायण दंगाल एरेन्ज हुन रहेको छ ।
भिडियोमा गंगाराम राईको छायाँकन र सम्पादन रहेको छ भने उक्त भिडियोमा मदन कुमार थापा, सुभद्रा भुजेल, सुन्दिप श्रेष्ठ, तुलसा भुजेल(तामाङ), भुवन खनाल लगायत कलाकारहरुको अभिनय देख्न सकिन्छ ।
उक्त भिडियोलाई बिक्रम गौतमले निर्देशन गरेका हुन । मेकअप आर्टिस्ट एंव युवा व्यवसायीको रुपमा निकै नै चर्चा बटुल्न सफल गौतमले म्युजिक भिडियो पहिलोपटक निर्देशन गरेका हुन ।
थापाका यसअघि सार्वजनिक भएको ‘रोजी छाडि’लगायत थुप्रै गीत लोकप्रिय छन्।गीतको भिडियो Db Khadka Official Youtube च्यानलमार्फत सार्वजनिक गरिएको छ ।