माल्टा पूर्वाञ्चल प्रवासी समाज माल्टाले खुल्ला अन्तर भलिबल प्रतियोगिता उत्साहजनक उपस्थित सहित सम्मपन्न गरेको छ।प्रतियोगिता माल्टाका रहेको नेपाली हरुको साझा संस्था एनआरएनए एनसीसी लगायत का संस्थाहरुको बाक्लो उपस्थित रहेको थियो।प्रतियोगितामा माल्टामा रहेका विभिन्न कलाकारहरुले आफ्नो प्रस्प्रतुती दिएका थिए।प्रतियोगितामा पुरुष र महिला भलिबल टिम सहभागी थियो।पुरुष तर्फ Nnmva प्रथम भयको थियो भने दोस्रो स्थान पूर्वाञ्चल A टिम भयको थियो त्यस्तै महिला भलिबल तर्फ प्रथम स्थान मगर समाज माल्टाले हात पारेको थियो।भने दोस्रो स्थान आयोजक टिम पूर्वाञ्चल प्रवासी समाज माल्टाको पोल्टामा गएको थियो।भलिबल प्रतियोगिताको म्यान अफ द टुर्नामेन्ट Nnmva का योञ्जन गुरुङ भयका थिए भने वेस्ट लिब्रो पूर्वाञ्चल प्रवासी समाजका अर्जुन के सी ले पाएका थिए त्यस्तै वेस्ट सेटर Nnmva का समुन्द्र आलेले प्राप्त गर्न सफल भएका थिए।त्यसै वेस्ट स्पिकर आयोजक टिमका अर्जुन थापा मगरले प्राप्त गरेका थिए।वेस्ट डीसिपिलेन् टिम मा आँधीखोला टिमले प्राप्त गर्यो।प्रतियोगितामा प्रमुख अतिथिमा एनआरएनए एनसीसी माल्टाका अध्यक्ष रेम्श खनाल रहेका थिए। भने अतिथिमा एनआरएनआर एनसीसी का उपाध्यक्ष सत्य झा एनआरएन एनसीसी का पूर्व महासचिव रोशन गिरी लगायत को उपस्थिति थियो।प्रतियोगिताका संयोजक तथा आयोजक पूर्वाञ्चल प्रवासी समाज माल्टाका अध्यक्ष अम्बर विष्टले कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भयको बताएका छन् ।नेपालीहरुको बाक्लो उपस्थितिमा भयको प्रतियोगिता नेपालीहरुको यौटा चाडको रूपमा आफूले बुझेको अध्यक्ष विष्टले बताएका छ।माल्टामा हुनेनकुनै पनि कार्यक्रममा आफ्नो समाजको उपस्थित रहने र हरेक सकरात्मक काम सक्दो साथ सहयोग गर्न तत्पर रहेको विष्टले नेपाली रिपोर्टलाई बताएका छन् आफूहरुले नेपालीहरु बीच एकता हुनुपर्छ भन्ने सोचले माल्टामा प्रवासी समाज को स्थापना गरेको पनि बताएका थिए।
पूर्वाञ्चल प्रवासी समाज माल्टाले अन्तर माल्टा भलिबल सम्पन्न गर्यो
