माल्टा

केही दिन अघि सवारी दुर्घट्नामा परी माल्टाको मातर दे हस्पिटलमा उपचारार्थ गौरी कुमारी बरालको उपचारको क्रममा निधन भएको थियो।उनिको निधन सँगै माल्टा र गोजोमा कार्यरत नेपाली हरु स्तब्ध भयका थिए। मृत्यु भएकी गौरीको शव नेपाल लैजानको लागि भन्दै माल्टामा रहेको विभिन्न सामाजिक संघ संस्था लगायत एनआरएनए एनसीसी माल्टाले गो फाउँड मार्फत सहयोग गर्नको लागि नेपालीहरुलाई आग्रह गरिएको थियो।र हिजो सबै प्रक्रिया पूरा गरेर गौरीको शव नेपाली पठाइएको एनआरएनए एनसीसी माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्स)ले बताएका छन।श्रदान्जली दिनको लागि मातर दे हस्पिटल मा उपस्थित नेपाली हरु को आँखा रसाई रहेका थिए।ठूलो सपना बोकेर आफ्नो जन्मभूमि परिवार छोडेर माल्टामा कर्म गरिरहेकी गौरी २ वर्ष अगी माल्टा गएकी थिइन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार