माल्टा
केही दिन अघि माल्टामा ठूलो गाडी दुघर्टना हुन गयो। माल्टाको फागुरामा विपरीत दिशाबाट आयको गाडीले पैदल हिँडिरहेको अवस्थामा २ जना नेपालीलाई राति करिब ८ बजेको समयमा उक्त गाडीले ठक्कर दिएको थियो।भने ठक्कर दिए सँगै दुवै नेपाली महिलालाई माल्टामा रहेको माटर दे हस्पिटलमा उपचारको लागि लगिएको थियो उपचारको क्रममा दुर्घटना बाट घाइते भएकी मध्य गम्भीर घाइते भएकी नेपाल घर महोत्तरी बर्दिबास भई रोजगारीको लागि २ वर्ष अघि माल्टा पुगेकी वर्ष २५ की गौरी कुमारी बरालको उपचारको क्रममा निधन भएको थियो।उनको निधन सँगै माल्टा र गोजो मा कार्यरत नेपालीहरु शोक मा डुबेका थिए।र गौरीको निधन सँगै उनको शव व्यवस्थापन नेपाल पठाउन र उनको परिवारलाई सहयोग गर्नको लागि एनआरएनए एनसीसी माल्टा लगायत विभिन्न संघ संस्था व्यक्तिहरूले सहयोग गरेका थिए। एनआरएनए एनसीसी माल्टाले गो फाउँद मार्फत राम्रो सहयोग गरेको थियो। भने त्यस्तै उनै स्वर्गीय गौरी कुमारीको परिवारलाइ सहयोग गर्न भन्दै माल्टामा १ वर्ष अगाडिबाट नेपालीहरुलाई नै साथ सपोर्ट गर्न भन्दै बनेको नेपाली समाज माल्टाले पनि आफ्नो संस्थाको नाम बाट माल्टामा रहेका नेपाली हरुलाई सहयोगको लागि आवहान गरेको थियो।सहयोग को आब्हान गरे सँगै विभिन्न व्यक्ति विशेष संघसंस्था हरूले पनि खुलेर नेपाली समाज माल्टालाइ सहयोग गरेको थियो।यो अभियानमा नेपाली समाज माल्टाका वर्तमान अध्यक्ष ज्ञान बहादुर लामा उपाध्यक्ष सूर्य बहादुर थापा कोषाध्यक्ष दिनेश सञ्जेल सचिप सरोज खड्का लगायत नेपाली समाज माल्टाका सम्पूर्ण कार्यसमिति नै अभियान सफल पार्न दिनरात नभनी लागिपरेका थिए।र उक्त अभियान मार्फत उठेको जम्मा युरो ३२६४.९९ नेपाली रकम ४ लाख छपन्न हजार पाँच सय अंकमा ४,५६,५०० मृतककी आमा तुलसा बराललाइ एकाउन्ट मार्फत हस्तान्तरण गरेका थिए।यो पुन्य कामको लागि सहयोग गर्नु भएकोमा सहयोग गर्नु हुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी हरुलाई हृदय देखिनै धन्यबाद दिएको अध्यक्ष ज्ञान बहादुर लामा र उपाध्यक्ष सुर्य बहादुर थापा बताउँछन्।