माल्टा

केही दिन अघि माल्टाको फागुरामा सडक दुर्घटनामा परी मृत्यु भएकि गौरी कुमारी बरालको शव परिवारले बुझिसकेका छन्।यता माल्टामा भने अझै नेपालीहरु शोकमग्न छन्।अझै आफ्नो मनलाई बुझाउन सकिरहेका छैनन् त्यो भयानक दुर्घटना कस्तो भयको थियो होला भन्ने कल्पना मात्र गर्न सकिन्छ।अझै पनि स्वर्गीय गौरीको परिवारलाई सान्त्वना मिलोस भनेर माल्टा बाट सहयोग गर्ने हरुको क्रम रोकिएको छैन।स्वर्गीय गौरी सँगै एउटै कम्पनीमा कार्यरत नेपाली साथीहरुले उनको परिवारलाई ठूलो सहयोग गरेका छन्।राहत स्वरुप आर्थिक सहयोग संकलन गर्नको लागि माल्टामा कार्यरत   विष्णु प्रसाद गौतम,राज खरेल,दीपक गौतम,नेत्र राज भट्टराई,लगायत कम्पनीको सबै जनाले सहयोग गरेका थिए।कम्पनीका कर्मचारीबाट ₹५५६६ पाँच हजार पाँच सय छैसट्ठी युरो र अन्यबाट गरी ३ सय पच्चीस युरो जम्मा पाँच हजार आठ सय एकान्नब्बे युरो संकलन गरेको राज खरेलले बताए।उठेको रकम स्वर्गीय गौरी कुमारी बरालको आमा तुलसा बरालको खातामा जम्मा गरेका थिए।त्यस्तै मेल्टा फर्म फ्याक्ट्री मा काम गर्ने सहयोगी हातहरूले पनि सहयोग गरेका थिए।सहयोग रकम ३६ हजार नेपाली मृतकको परिवार स्वर्गीय गौरिकी आमा तुलसा बराल को  खातामा हालेको माल्टामा  कार्यरत अनिशा छन्त्यालले बताएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार