काठमान्डौ

वर्षौं देखि पटक पटक स्वस्थ भयर बाँच्न पाहु भन्दै आन्दोलन गरिरहेका कुडूले बन्चरेल्याण्डफिल्ड साइडबाट पीडित स्थानीय बासिन्दाले केही हदसम्म न्याय पाउने भयका छन्।१९ वर्षको ल्याण्डफिल्ड साइड को अबस्था बुझ्ने हो भने त्यहाँबाट पीडित स्थानीय हरुको फोहोरको कारण क्यान्सर भयर कतिपय स्थानीयको मृत्यु समेत भइसकेको छ भने कति पए अझै क्यान्सर लगायतका रोग लिएर बाँचिरहेका छन्।काठमान्डौ बाट नजिक हाम्रो गाउँ धेरै वर्ष अगाडि विकास भैसक्नु पर्ने थियो तर हामी भन्दा अघिल्लो पुस्ताले विकाशको लोभमा फोहोर साटेको कारण आज त्यसको दुर्दशा हामीले भोगिरहनु परेको स्थानीय धुनिबेसि ०१ का वडा अध्यक्ष मान बहादुर तामांग बताउँछन्।आफूले आफ्नो तर्फबाट सकेको पहल गरिरहेको तर केन्द्रीय सरकार र काठमान्डौ महानगर बीच तालमेल नहुँदा त्यसको असर हामीले बोकीरहनु परेको छ तामाङ बताउँछन्।हिजोको दिनमा यहाँ फोहोर नहुँदा स्थानीय जनता आफ्नो खेती किसानी बाट आत्मनिर्भर थिए तर फोहोरले सबै खेतीयोग्य जमीन नाश गरिदियो यस्तै भयो भने यहाँ भोकमरी नै चल्न सक्ने अवस्था हुने भन्दै दुःख व्यक्त गरे पछिलो पटक को सरकारको अग्रताले चाहिं अलिकति आशा जगाएको तामाङ बताउँछन् सरकारको नीति तथा कार्यक्रममा राष्ट्रप्रमुख ले ११० नम्बर बुँदाको गरेको वाचन सकरात्मक रहेका अधक्ष्य तामाङ बताउँछन् ।राज्यले चाहयो भने १ महिना भित्र यहाँको समस्या हल गर्न सक्छ तर राज्य मात्र नभई त्यहाँ भित्रका केही कर्मचारी हरुनै यहाँको समस्या समाधान होस भन्ने पक्षमा नरहेको स्थानीय अमृत तामाङ बताउँछन्।हामीले हाम्रो जायज माग राख्दा काठमान्डौ बाट प्रहरी प्रशासन लगायत हामी माथी गोली वर्षौंउने पक्राउ पुर्जी जारी गर्ने पक्राउ गर्ने र शान्तिपूर्ण आन्दोलनमा गाउँ गाउँ पसेर महिला दिदीबहिनी हरु माथि पनि दुर्व्यवहार गर्ने जस्ता क्रियाकलाप गर्दै राज्य र काठमान्डौ महानगरपालिका समस्या समधान भन्दा पनि स्थानीय पीडित लागि अग्रेसिप बनाइरहेको अमृत बताउँछन्।तर पछिल्लो पटक सरकारले समस्या समाधान गर्नको लागि माथि उठेर नै पहल गरिरहेको छ  EIA लगायतको प्रकृया सुरु गरिसकेको छ सहरी विकास मन्त्रालय यतिबेला स्थानीयको माग जायज रहेको र छिटो भन्दा छिटो यो समाधान गर्नु राज्यको दायित्व रहेको सम्बन्धित अधिकारी बताउँछन्।हिजो सरकारको नीतितथा कार्यक्रममा ११० नम्बर बुँदामा राष्ट्रप्रमुख ले गरेको वाचन ले थप हौसला मिलेको र अब चाहिँ हामी विश्वस्त भयका छौं आशा छ सधैं आन्दोलनको नाउँमा आन्दोलन गरिरहनु पर्ने अवस्था को अब अन्त्य हुने छ ककनी गाउँपालिका का वडा नंबर ०१ का अधक्ष्य पदम बहादुर बलामी बताउँछन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार