माल्टा

माल्टामा नेपालीहरुको लागि भन्दै   बनेको नेपाली समाज माल्टाले पहिलो अधिवेशन गरे लगत्तै कार्यसमिति पूर्ण गरेको छ।तदस्थ समिति बनाउँदै दिनेश कार्की को अध्यक्ष मा १ वर्ष सम्म चलेको नेपाली समाज माल्टा अंततः पहिलो अधिवेशन गर्दै ज्ञान बहादुर लामा को अध्यक्षतामा नयाँ निर्वाचित कार्य समिति बनेको हो।हामी नेपाली नेपाली संस्कृति लाई जगेर्ना गर्दै नेपाली हरुको हितमा नै काम गर्नको लागि नेपाली समाज माल्टा बाट अगाडि बढेको संस्थाका उपाध्यक्ष सूर्य बहादुर थापाले बताएका छन।आफु पहिला देखि नै सामाजिक काम प्रति उत्प्रेरित हुने भएकोले माल्टामा पनि साथीहरुले विश्वास गरेर आफूलाई अध्यक्ष को जिम्मेवारी दिनु भएकोले यसलाई आफूलाई अवसर र चुनौती को रूपमा पनि बुझेको छू।म आफ्नो कार्यकालमा माल्टा मा रहेका नेपाली हरुलाई हाम्रो संस्थागत हिसाबले सकरात्मक काम बाट नै वाँहरुलाई हाम्रो संस्था प्रतिको विश्वास कायम राख्ने गरी काम गर्ने अध्यक्ष लामाले बताएका छन। नेपाली समाज माल्टाको कार्य समिति यस प्रकार छ।

क्रमश अध्यक्ष:ज्ञान बहादुर लामा, उपाध्यक्ष:सूर्य बहादुर थापा, सचिप:सरोज खड्का, सहसचिव:किरण तामाङ, कोसाध्यक्ष्य:दिनेश सञ्जेल,सदस्य:माया तामाङ,राज विश्वकर्मा सदस्य,केशव पाण्डे,किरण बुढाथोकी,गौरव राई,अरुण कुमार थेबे रहेका छन् भने सल्हाकार समितिमा तेज विक्रम खड्का,दिनेश कार्की, मिलन पोख्रेल,रोशन श्रेष्ठ,सम्झना लामिछाने,रहेका छन।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार