धादिङ
समृद्ध धादिङ अभियान भन्दै धादिङको धुनिबेशी नगरपालिका वडा न १ भित्र रहेका कृषि,पर्यटन र विकासलाई प्रबर्दन गर्ने उद्देश्यका साथ विभिन्न धार्मिक स्थलको निरिक्षण तथा पदयात्रा कार्यक्रममा सम्पन्न भएको छ ।
आज बुधबार धुनिवेशी नगरपालिका वडा नम्बर १ भित्र रहेका बच्छलादेवि मन्दिर मैदान, अनन्त नारायन मन्दिर, महेशनारायण गुफा, दमदमे, झ्याङ्पल झर्ना, गैरिगाउँ, चिलाउँनेगाउँ लगायतको क्षेत्र अवलोकन गरिएको छ ।
पदयात्रा कार्यक्रममा नगर प्रमुख बालकृष्ण आचार्य, वडाध्यक्ष मान बहादुर तामाङ, समाजसेवी कुमार प्रसाद पाण्डे, बिनोद राज पाण्डे,कृष्ण कँडेल, कुमार तामांग, विष्णु तामांग,रामकुमार पौडेल, बासु बास्कोटा,सालिकराम बास्कोटा,कमल बास्कोटा, डा.रामहरि लामिछाने,सुवास खतिवडा लगायत करिव ५० जनाको सहभागिता रहेको थियो।