काठमाडौ
शनिबार बञ्चरेडाँडामा कांग्रेस नेता श्रीराम ढुंगानाको नेतृत्वमा नुवाकोटको ककनी गाउँपालिका र धुनीवेशी नगरपालिकाका केही स्थाीयले प्रदर्शन गर्दा प्रहरीले पक्राउ गरेपछिको परिस्थित नियाल्न पत्रकारसहित बञ्चरेडाँडा पुगेका नेपाली कांग्रेस नेता समेत रहेका सांसद अर्जुननरसिंह केसीलाई स्थानीयले बञ्चरेडाँडा प्रवेशमा रोक लगाएका छन । ढुंगानासहितका केही पक्राउ परेपछि उनीरूको अवस्था बुझेर बञ्चरेडाँडा पुगेका केसीलाई स्थानीयले अपमानपूर्वक नै प्रवेशमा रोक लगाएका थिए ।
फोहोरका नाममा पटक पटक हुने आन्दोलनमा विभिन्न राजनीतिक दलका नेताहरूले आफ्नो स्वार्थका रोटी सेक्ने गरेका छन । शनिबारबाट सुरू भएको फोहोर व्यवस्थापनमा अबरोध गर्ने कामको नेतृत्व केसी निकटकै कांग्रेस नेता ढुंगानाले गरेका छन । यद्यपी उक्त आन्दोलनमा फरक राजनीतिक आस्थाका कतिपय स्थानीयको पनि साथ रहेको दाबी गरिएको छ । यसअघि नेपाली कांग्रेस सत्तामा हुँदा त्यहाँ जान आवश्यक नठानेका केसी कांग्रेस प्रतिपक्षमा पुगेपछि शनिबार भने पार्टी निकटका केही पत्रकार बोकेर त्यहाँ पुगेका थिए ।
अहिले आन्दोलनको नेतृत्व गरिरहेका ढुंगाना भने प्रायः देशको प्रशासनिक केन्द्र सिंहदरबार र प्रधानमन्त्री निवास बालुवटारमा देखिने गरेका छन । उनी ठेक्कापट्टाको काममा संलग्न निर्माणव्यवसायी हुन । उनी आन्दोलनका लागि आक्लझुक्कल गाउँ जाने गरेका छन ।
ढुंगानाको समूहले फोहोर व्यवस्थापनमा अबरोध गरेपछि पुगेका पूर्वमन्त्री समेत रहेका कसीलाई स्थानीयले बञ्चरेडँडामा रोकेर गलत काम गरेको स्थानीय समेत रहेका पत्रकार नवराज घिमिरेले जानकारी दिए । उनले पत्रकार र जनप्रतिनिधि समेतलाई फोहोर व्यवस्थापनस्थलमा प्रवेश गर्न नदिएर काठमाडौँ महानगरपालिका र केही स्थानीयले गलत काम गरेको बताए । उनले भित्र प्रवेश नपाएपछि नेता केसीसहित सडकमै पलेटी कसेर बसी बिरोध जनाएको पनि बताए ।यस्तै प्रवेशमा अबरोध गर्ने समूहका संयोजक बैकुण्ठ घिमिरेले ककनी र धुनीवेशीका स्थानीयको पीडामा राजनीति गर्न आउने सबैले अब अर्जुननरसिंह केसीको जस्तै व्यवहार भोग्ने चेतावनी दिए । उनले भने, ‘अर्जुननरसिंह केसी विगतमा सहरी विकास मन्त्री नै भए त्यो बेलामा उनले यहाँको समस्या समाधानका लागि के गरे ? पटक पटक सांसद भएका छन । अहिले पनि सांसद छन यहाँको स्थानीयको पीडा कम गर्न के काम गरेका छन ? अनि यहाँ पत्रकार बोकेर राजनीति गर्न आएपछि हामीले रोकेका हौँ ।’
पटक पटक बन्दको आवहान गर्दै फिर्ता लिँदै गर्ने यौटा बन्चरेडाँडा ल्याण्डफिलसाइद प्रभावित क्षेत्र सरोकार समिति पटक पटक पेन्डुलम हुँदै आएको स्थानीय पीडित बताउँछन् आफूहरुले त्यही मुद्दा उठाउँदै गर्दा भएको आन्दोलनमा सरकारले महानगरले प्रहरी प्रशासन लगाएर गोली चलाउँदा हाम्रै दाजु भाइ घाइते भय पक्राउ गरियो कति साथीलाई अझै मुद्दा छ प्रहरीले खोजिरहेको छ तर वहाँहरू अहिले बन्द गर्ने साथीहरु त्यो विषय उठाउन चाहँदैनन् आफ्नो गाउँको स्थानीय पीडितहरु माथि भयको ज्यादतीको विषयमा आवाज उठाउन चाहँदैनन् मन लागे बन्द मन लागे फिर्ता यस्तो पनि आन्दोलन हुन्छ र वहाँहरू को वास्तविकता के हो भन्ने बुझ्न सकिएन स्थानीय पीडित अमृत तामाङ बताउँछन् अमृत भन्छन कहीं केही गर्नै पर्दैन समानानिय प्रधानमन्त्री मन्त्री हरु र काठमाण्डौका महागरका मेयर बालेन्द्र शाह १ घण्टा छलफलमा बस्ने हो भने यो फोहोरको समस्या तत्काल समाधान हुन्छ सबैलाई थाहा छ तर चाहँदैन किन यहाँ हाम्रो दाजु भाई दिदीबहिनी क्यान्सर रोग लिएर बाँचिरहेका छन् कतिको यही कारण मृत्यु भएको छ गाई बाख्रा बस्तुभाउ हरु रोग ले दिन प्रति दिन मरिरहेका छन् हाम्रो यो ठाउँ खेती किसान गरेर निर्वाह गर्ने ठाउँ आज मरुभूमि भयको छ फोहोरको कारण यहाँ रोग मात्र हैन भोक ले पनि अब बाँच्न सक्ने अवस्था दिन दिन घट्दो छ १८/१९ वर्ष देखि यौटै मुद्दा बोकेर आन्दोलन भइरहेको छ तर पनि सम्बन्धित निकायले टेर्दैन उनीहरूलाई थाह छ कि यहाँ कुन चाहिं स्थानीय को के हैसियत छ भन्ने कुरा यस्तै प्रवृत्तिको कारण हाम्रो समस्या माथि राज्य महनगर निरर्य बनिरहेको छ अब हामी अरू केही हैन परिवार सहित महागरको कार्यालय भित्र या सिँहदरबार भित्र बसाई सर्न पर्ने अवस्था आइसकेको छ त्यस्तै अर्का फोहोरमैला पीडित मुकुन्द पाठक बताउँछन् हामीलाई अरू मतलब छैन हामी यहाँ स्वस्थ भयर बाँच्न चाहन्छौ की फोहोर मात्र बस्छ की मान्छे मात्र बस्छ