काठमाण्डौ । रङ्गहरुको पर्व होली आज काठमाण्डौ उपत्यकासहित पहाडी र हिमाली जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु पूर्णिमा अर्थात् होली पर्वको अवसरमा सरकारले आज पहाडी र हिमाली जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ ।

हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेशका जिल्लाहरूमा होली पर्व मनाउने गरिन्छ ।

असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा छ ।होलीलाई आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने पर्वको रुपमा मनाउने परम्परा छ ।

विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चीर ठड्याएपछि प्रारम्भ हुने होली पर्व पूर्णिमाको राति चीर दाह गरेपछि समापन हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय