काठमाडौं । जेनजी आन्दोलनपछि पदबाट हटेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आपतकालीन अवस्थामा नेपाली सेनाबाट अपेक्षित सहयोग नपाएपछि राजीनामा दिनुपरेको बताएका छन्।

ओलीले सरकारी वकिलसमक्ष दिएको बयानमा भदौ २४ गते सेनासँग सहयोग माग्दा आवश्यक समन्वय हुन नसकेको उल्लेख गर्दै त्यसपछि आफूले पद छाड्नुपरेको दाबी गरेका छन्।

हाल प्रहरी हिरासतमा रहेका ओलीले आफ्नो बयानमा भदौ २३ र २४ मा भएको घटना राष्ट्रविरुद्धको षड्यन्त्र भएको उल्लेख गर्दै सुरुदेखि अन्त्यसम्म निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन्।

उनले प्रधानमन्त्रीले गोली चलाउन आदेश दिने कुनै कानुनी व्यवस्था नभएको उल्लेख गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन्। साथै, शान्तिपूर्ण भनिएको आन्दोलन किन निषेधाज्ञा तोडेर द्वन्द्वमा परिणत भयो भन्ने विषयमा पनि अनुसन्धान आवश्यक रहेको बताएका छन्।

ओलीले भनेका छन् कि घटनामा संलग्न सबै पक्ष — राज्यको सम्पत्ति जलाउनेदेखि भीडलाई उत्तेजित पार्ने समूहसम्म — माथि निष्पक्ष कारबाही हुनुपर्छ र दोषी उम्किनु हुँदैन।

उनले आफ्नो बयानमा राष्ट्रको हितमा काम गर्दा विभिन्न स्वार्थ समूहबाट आरोप खेप्नुपरेको र त्यसैका कारण आफूलाई सत्ताबाट हटाइएको दाबी पनि गरेका छन्।

हाल यस विषयमा सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाइ भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय