निर्देशक करण भोलनको निर्देशनमा करिब ४५ मिनेट लामो डकुमेन्ट्री फिल्म ‘लाल सास (RED BREATH)’ बन्ने भएको छ। नेपाली समाजमा अझै पनि महिनावारीलाई लाज र अपवित्रताको रूपमा हेरिने परम्परामाथि आधारित यस फिल्मले छाउपडी प्रथाका कारण किशोरीहरूले भोग्नुपरेको पीडा, विभेद तथा मानसिक असरलाई उजागर गर्ने प्रयास गर्ने जनाइएको छ।
“लाज होइन — यो जीवनको सास हो” भन्ने सन्देश बोकेको डकुमेन्ट्री ग्रामीण परिवेशमा आधारित रहनेछ। फिल्ममा समाजले बनाएको गलत परम्परासँग संघर्ष गर्न बाध्य एक किशोरीको कथा प्रस्तुत गरिने बताइएको छ।



निर्देशकका अनुसार “यो केवल फिल्म मात्र
नभइ समाजलाई सोच्न बाध्य बनाउने प्रयास हो। महिनावारी प्राकृतिक प्रक्रिया हो, यसलाई लाजको विषय बनाइनु हुँदैन।”
सामाजिक चेतना र यथार्थ कथामा आधारित ‘लाल सास (RED BREATH)’ ले नेपाली समाजमा जरा गाडेर बसेका पुराना सोच र विभेदपूर्ण परम्परामाथि प्रश्न उठाउने अपेक्षा गरिएको छ।


