नेपाल वैदेशिक रोजगार व्यवसायी संघको महासचिवमा हरि डाँगी विजयी
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको हालै सम्पन्न निर्वाचनबाट हरि डाँगी महासचिव पदमा अत्यधिक मतसहित विजयी भएका छन्।



विजयपछि उनले सम्पूर्ण वैदेशिक रोजगार व्यवसायीप्रति आभार व्यक्त गर्दै यो जित व्यक्तिगत सफलता नभई व्यवसायको गरिमा, एकता, सुधार र संस्थागत सुदृढीकरणप्रतिको विश्वासको परिणाम भएको बताएका छन्।
डाँगीले व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायिक समस्या समाधान तथा समग्र वैदेशिक रोजगार क्षेत्रको विकासका लागि इमान्दारिता, सक्रियता र प्रतिबद्धताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, व्यवसायीहरूले दिएको विश्वास र जिम्मेवारीलाई आत्मसात गर्दै संघलाई थप सशक्त बनाउने दिशामा अघि बढ्ने बताएका छन्।


