कोशी प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरूले दिए सामूहिक राजीनामा
विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधित्व गरिरहेका मन्त्रीहरूले मुख्यमन्त्री हिक्मत कुमार कार्कीसमक्ष सामूहिक राजीनामा पेश गरेका छन्।



कांग्रेसका मन्त्रीहरूले सरकारबाट बाहिरिने निर्णय गर्दै मुख्यमन्त्री कार्कीसमक्ष राजीनामा बुझाएका हुन्। यससँगै कोशी प्रदेश सरकारमा रहेको एमाले–कांग्रेस सहकार्यमा नयाँ राजनीतिक परिस्थिति सिर्जना भएको छ।
कांग्रेसका मन्त्रीहरूको सामूहिक राजीनामापछि मुख्यमन्त्री कार्की नेतृत्वको प्रदेश सरकारको आगामी अवस्था र सत्ता समीकरणबारे राजनीतिक वृत्तमा चासो बढेको छ।
कोशी प्रदेशमा पछिल्लो समय सत्ता समीकरण र नेतृत्वलाई लिएर राजनीतिक गतिविधि तीव्र बनेको छ।


