प्रधानमन्त्री बालेन शाहको पछिल्लो अभिव्यक्तिलाई लिएर पूर्व गृहसचिवले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले कूटनीतिलाई शतरञ्जको खेलभन्दा पनि जटिल राजनीतिक रणनीतिक खेलको संज्ञा दिँदै बालेनले दूरगामी प्रभाव पार्न सक्ने कूटनीतिक चाल चालेको जस्तो देखिएको बताएका छन्।
उनका अनुसार यो कदमले भारतसँगको सम्बन्धका विभिन्न पक्षलाई पुनः बहसमा ल्याउन सक्छ। विशेषगरी महाकाली सन्धि, १९५० को सन्धि र सुगौली सन्धिजस्ता विषय पुनरावलोकनको बहसमा प्रवेश गर्न सक्ने उनको भनाइ छ। कूटनीतिक विषयहरू सामान्य राजनीतिक नाराभन्दा फरक र गहिरो हुने भएकाले यसको प्रभाव तत्काल नदेखिने उनले उल्लेख गरेका छन्।



कूटनीति वैदेशिक नीतिको आत्मा भएको भन्दै उनले यस विषयलाई धैर्यपूर्वक र गम्भीर रूपमा अवलोकन गर्न आग्रह गरेका छन्। “Wait patiently and See attentively” भन्दै उनले घटनाक्रमलाई नजिकबाट नियाल्नुपर्ने बताएका छन्।


