राहत वितरणमा मात्र सीमित नरही विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माणमा समेत स्वयंसेवक परिचालन गर्ने युवा संघ नेपालले जनाएको छ। प्रभावित क्षेत्रमा सरसफाइ, भग्नावशेष व्यवस्थापन, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा आवश्यक श्रमदानका कार्यमा युवा स्वयंसेवक परिचालन गरिने कार्यालय सचिव **दिपक बि.क.**ले जानकारी दिनुभयो।
“विपद्को समयमा प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो। राहत वितरणपछि पनि प्रभावित क्षेत्रको आवश्यकताअनुसार पुनर्स्थापना तथा पुनर्निर्माणका कार्यमा स्वयंसेवक परिचालन गरी नागरिकको साथमा रहनेछौँ,” कार्यालय सचिव बि.क.ले बताउनुभयो।
युवा संघ नेपालले विपद्बाट प्रभावित नागरिकको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्रभावकारी बनाउन स्थानीय तह, जनप्रतिनिधि, सम्बन्धित सरकारी निकाय तथा सामाजिक संघसंस्थाबीच समन्वय र सहकार्यलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिएको छ।
विपद्को कठिन परिस्थितिमा तत्कालीन राहतसँगै दीर्घकालीन पुनर्स्थापनालाई समेत प्राथमिकतामा राख्दै प्रभावित नागरिकको आवश्यकताअनुसार सहयोगलाई निरन्तरता दिने युवा संघ नेपालले जनाएको छ।





