काठमाण्डौ । भोलि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर आजदेखि ३ दिन सार्वजनिक विदा सुरु भएको छ। फागुन १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले चुनावको बेला ३ दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

आज फागुन २०, चुनाव हुने दिन फागुन २१ र चुनावको भोलिपल्ट फागुन २२ गते सरकारले सार्वजनिक बिदा दिएको हो। निर्वाचन आयोगको सिफारिस बमोजिम सरकारले विदा दिएको हो।

यही फागुन २१ गते मुलुकभर एकैचरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय