काठमाडौं । प्रहरी हिरासतमा रहेका कलाकार सागर लम्साल ‘बले’लाई आज सरकारी वकिल कार्यालय लगिएको छ। म्याद थपअघि बयानका लागि उनलाई त्यहाँ पुर्‍याइएको हो।

बलेलाई अमेरिकामा रहेकी एक महिला कलाकारले सामाजिक सञ्जालमा लेखेको स्टाटसका आधारमा हिजो पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउपछि उनलाई हत्कडीसहित थुनुवा पोशाकमा सरकारी वकिल कार्यालय लगिएको दृश्य सार्वजनिक भएको छ।

हालसम्म उनीविरुद्ध औपचारिक जाहेरी दर्ता नभए पनि प्रहरीले “शान्ति सुरक्षामा खलल पुर्‍याएको” कसुरअन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ।

यस घटनाले सामाजिक सञ्जालको अभिव्यक्ति, कानुनी प्रक्रिया र कलाकारमाथिको कारबाहीबारे व्यापक बहस सुरु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय