काठमाडौं । जेनजी आन्दोलनमा भएका घटना छानबिनका लागि गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आन्दोलनमा हिंसात्मक दमन गर्ने सबैलाई कारबाहीका लागि सिफारिस गरिएको बताएका छन्।

आयोगले तयार पारेको प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएलगत्तै पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष कार्कीले भने, ‘गोली हान्न लगाउने, गोली हान्ने र गोली हान्न नरोक्ने सबैलाई कारबाही सिफारिस गरेका छौँं।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय