नेपाल चलचित्र कलाकार संघको २१औं महाधिवेशन अन्तर्गत कार्यसमिति सदस्य पदमा कलाकार सुलेमान शंकर ( इँकु ) निर्वाचित भएका छन्। उनले सबिन श्रेष्ठ नेतृत्वको प्यानलबाट उम्मेदवारी दिएका थिए। अध्यक्ष पदमा सबिन श्रेष्ठ र उतम के.सी बीच कडा प्रतिस्पर्धा भएको निर्वाचनमा सबिन प्यानलका धेरै उम्मेदवारहरूले हार व्यहोर्नु परेको थियो।
टेलिफिल्म मेरी बास्सै बाट ‘इकु’ नामले चर्चित बनेका सुलेमान शंकरले नेपाली चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन्। उनले ईकु द जंगली म्यान , ईकु ब्याक एगेन ,सम्बोधन, हीरो रिटन्स , फिर्के , हल्दार सुन्तली तथा 12 गाँउ लगायत दर्जनौं नेपाली चलचित्रमा अभिनय गरिसकेका छन्।



कलाकारितासँगै संगठनात्मक भूमिकामा पनि सक्रिय बन्दै गएका इकुको यो विजयलाई चलचित्रकर्मीहरूले सकारात्मक रूपमा हेरेका छन्।


