राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा यदु कुमार गिरी केन्द्रीय सदस्य पदका उम्मेदवार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा यदु कुमार गिरी केन्द्रीय सदस्य पदका उम्मेदवार बनेका छन्। पार्टी निर्माणकालदेखि संगठन विस्तार तथा पार्टी सुदृढीकरणका लागि निरन्तर सक्रिय रहँदै आएका गिरीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन्।



राष्ट्रियता, लोकतन्त्र र सुशासनको नारासहित अगाडि बढिरहेको रास्वपाको महाधिवेशनमा गिरीले बागमती प्रदेशको भूगोलबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्। उनले पार्टी संगठनलाई थप मजबुत बनाउने तथा पार्टीको उद्देश्य र अभियानलाई जनस्तरसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रथम राष्ट्रिय महाधिवेशनलाई सफल बनाउन देशभरबाट प्रतिनिधि तथा कार्यकर्ताहरूको सहभागिता रहेको छ।


